Pradip Parajuli

Psychological Counselor/Life Coach Practitioner

विना औषधी यहाँ एन्जाइटी, डिप्रेसन, अनिन्द्रा तथा अन्य मानसिक समस्याको १००% ग्यारेन्टीका साथ उपचार!
फेसबुकमा देखिएको यही पोस्टले मेरो ध्यान खिच्यो।
उत्सुकतावश, मैले सो पोस्टमा दिइएको नम्बरमा WhatsApp मार्फत सम्पर्क गरेँ र उपचार विधिबारे जानकारी मागेँ।

उहाँले ध्यान, योग, न्युरोट्रान्समिटर सन्तुलन, र माईन्डसेट परिवर्तन जस्ता उपायहरू प्रयोग गरी सतप्रतिशत उपचार हुने दाबी गर्नुभयो।
कुराकानीकै क्रममा मैले उहाँको योगदानप्रति सम्मान जनाउँदै विनम्रतापूर्वक भनें — “मानसिक स्वास्थ्यको उपचार एकल विधिबाट सम्भव हुँदैन। प्रायः यो Biopsychosocial Model मा आधारित हुनुपर्छ।

यसको अर्थ हो:

  • Biological पक्ष (जस्तै औषधी, मस्तिष्कको कार्यप्रणाली)
  • Psychological पक्ष (व्यक्तिको सोच, भावना, व्यवहार)
  • Social पक्ष (सम्बन्ध, परिवार, वातावरण)

यी सबै मिलेर समाधान खोज्नुपर्ने हुन्छ। तर मैले जब औषधिको आवश्यकता र डाक्टरी परामर्शको कुरा गरेँ, उहाँको व्यवहार तुरुन्तै परिवर्तन भयो। उहाँले मलाइ “तपाइलाइ पनि समस्या भाको जस्तो छ, आउनुस म सितैमा उपचार गर्दिन्छु, शुभ दिन!” भनेर कुराकानी समाप्त गर्नुभयो।

यो घटनाले मलाई गहिरो सोचमा पुर्‍यायो। हाम्रा समाजमा अझै पनि मानसिक स्वास्थ्यलाई सस्तो जादु या चमत्कारी उपचारको रूपमा बुझिन्छ।

हो, हाम्रा परम्परागत ज्ञान, ध्यान, योग, साधना — सबै प्रेरणादायी छन्। तर, सबै मानसिक समस्याको समाधान त्यही बाटोले हुँदैन। कुनै अवस्थाको लागि मनोचिकित्सक (psychiatrist), कुनैका लागि मनोविद (psychologist), अनि कुनैका लागि परामर्शदाता (counselor) को आवश्यकता पर्छ।

मानसिक स्वास्थ्य के हो?

मनोस्वास्थ्य भन्नाले हाम्रो सोच्ने तरिका, महसुस गर्ने तरिका, निर्णय गर्ने क्षमता, र अरूसँगको व्यवहार सन्तुलित राख्ने अवस्था हो।
जसरी शरीर थाक्दा वा बिरामी हुँदा उपचार चाहिन्छ, त्यसैगरी मन थाक्दा, दुख्दा वा असन्तुलित हुँदा पनि हेरचाह चाहिन्छ।

मानसिक स्वास्थ्य बिग्रिँदा देखिने संकेतहरू:

  • अत्यधिक चिन्ता वा डर
  • सामान्य कुरामा असाधारण रिस
  • एक्लोपन, निराशा, अरूबाट टाढिने मनोवृत्ति
  • निन्द्रामा गडबडी
  • जीवनप्रति अरुचि वा आत्मघाती सोच

मानसिक स्वास्थ्य किन आवश्यक छ?

मन स्वस्थ हुँदा मात्र:

  • शरीरमा ऊर्जा रहन्छ
  • निर्णय क्षमता मजबुत हुन्छ
  • सम्बन्ध सुदृढ रहन्छ
  • जीवनप्रति सकारात्मक दृष्टिकोण विकास हुन्छ

आफ्ना अनुभवहरू खुलेर बाँडौं, भ्रम र गलत धारणाहरूको प्रश्न उठाऔं, र मानसिक स्वास्थ्यप्रतिको वैज्ञानिक, बहुआयामिक र समावेशी दृष्टिकोणलाई अघि बढाऔं।

Pradip Parajuli

I am Pradip Parajuli. I have been in helping profession since 13 years. To tell the truth, I am a new Life Coach practitioner. Yet prior to becoming a Life Coach, I spent 5 years working as a Counselor; and before that I used to work as a Social Worker and Program Manager in a reputed International Non-governmental Organization. I am practicing Counseling as well as Life Coaching. From the get-go, I loved life coaching. As I kept going and trained in Counseling, Hypnotherapy, NLP, Life Coaching (Beginner to Advanced), my belief that I had found my niche in life was cemented. That niche is to help people get unstuck and find more purpose and enjoyment in their lives.
I genuinely do understand when clients say they’re looking for a change, but don’t know what it is yet or how to achieve it. Because I have been there, done that and thankfully was lucky enough to walk away to now be doing a job where I never have to think “Thank God it’s Friday (TGIF).”

RELATED ARTICLES

सहयोगको मौनता: Bystander Effect र सामाजिक जिम्मेवारी

सन १९६४ मा न्यूयोर्क सहरमा किटी जेनेभिज (Kitty Genovese) नामकी महिलाको हत्या भएको थियो। भनिन्छ, करिब ३८ जना छिमेकीहरूले उनको चिच्याहट सुने, तर कोही पनि उनको सहयोग गर्न आएनन्।यही घटनाले…

1 COMMENT

  1. Thank you sir for this information. Please update if you find any changes in Mental Health.

Leave a Reply

Your email address will not be published. Required fields are marked *