Pradip Parajuli

Psychological Counselor/Life Coach Practitioner

सन १९६४ मा न्यूयोर्क सहरमा किटी जेनेभिज (Kitty Genovese) नामकी महिलाको हत्या भएको थियो। भनिन्छ, करिब ३८ जना छिमेकीहरूले उनको चिच्याहट सुने, तर कोही पनि उनको सहयोग गर्न आएनन्।
यही घटनाले दुई मनोवैज्ञानिकहरू — Bib LataneJohn Darley लाई गम्भीर अनुसन्धान गर्न प्रेरित गर्‍यो। र, यसैको आधारमा “Bystander Effect” को अवधारणा विकास भयो।

Bystander Effect भन्नाले यस्तो मनोवैज्ञानिक घटना बुझिन्छ जहाँ आपतकालीन परिस्थितिमा धेरै मानिस उपस्थित भए पनि कसैले सहायता नगर्ने प्रवृत्ति देखिन्छ।

जति धेरै दर्शक हुन्छन्, त्यति नै व्यक्तिहरूले “कसैले त सहयोग गर्छन् होला” भन्ने सोच राख्छन्, र अन्ततः कसैले पनि सहयोग गर्दैनन।

Bystander Effects किन हुन्छ?

  • Diffusion of Responsibility (जिम्मेवारी अरूले लिन्छन् भन्ने सोच):
    जब धेरै मानिस हुन्छन्, व्यक्तिले सोच्न सक्छन् — “म होइन, अरू कसैले सहयोग गर्ला।”
  • Social Influence (अरूको व्यवहार अनुसार चल्ने प्रवृत्ति):
    यदि अरू पनि चुप छन् भने हामी सोच्न सक्छौं, “साँच्चै गम्भीर घटना हो कि होइन?”
  • Evaluation Apprehension (आलोचनाको डर):
    सहयोग गर्दा गल्ती भयो भने अरूले हाँस्लान् वा नकारात्मक टिप्पणी गर्लान् भन्ने डर।

Bystander Effect हाम्रो समाजमा कस्तो देखिन्छ?

  • सडक दुर्घटनामा मानिस लडेको देख्दा सहयोग नगर्ने।
  • सार्वजनिक ठाउँमा कोही दुर्व्यवहारको शिकार हुँदा चुप लाग्ने।
  • विद्यालय वा कार्यस्थलमा कोही अपमानित हुँदा प्रतिक्रिया नजनाउने।

Bystander Effect  हाम्रै मनोविज्ञानसँग जोडिएको तर बदल्न सकिने व्यवहार हो।
यदि हामी सबैले “म किन होइन?” भन्ने सोच विकास गर्न सक्यौं भने, हामी समाजलाई धेरै सहानुभूति र सक्रियताको दिशामा लैजान सक्छौं।

Pradip Parajuli

I am Pradip Parajuli. I have been in helping profession since 13 years. To tell the truth, I am a new Life Coach practitioner. Yet prior to becoming a Life Coach, I spent 5 years working as a Counselor; and before that I used to work as a Social Worker and Program Manager in a reputed International Non-governmental Organization. I am practicing Counseling as well as Life Coaching. From the get-go, I loved life coaching. As I kept going and trained in Counseling, Hypnotherapy, NLP, Life Coaching (Beginner to Advanced), my belief that I had found my niche in life was cemented. That niche is to help people get unstuck and find more purpose and enjoyment in their lives.
I genuinely do understand when clients say they’re looking for a change, but don’t know what it is yet or how to achieve it. Because I have been there, done that and thankfully was lucky enough to walk away to now be doing a job where I never have to think “Thank God it’s Friday (TGIF).”

RELATED ARTICLES

सहयोगको मौनता: Bystander Effect र सामाजिक जिम्मेवारी

सन १९६४ मा न्यूयोर्क सहरमा किटी जेनेभिज (Kitty Genovese) नामकी महिलाको हत्या भएको थियो। भनिन्छ, करिब ३८ जना छिमेकीहरूले उनको चिच्याहट सुने, तर कोही पनि उनको सहयोग गर्न आएनन्।यही घटनाले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *