सन १९६४ मा न्यूयोर्क सहरमा किटी जेनेभिज (Kitty Genovese) नामकी महिलाको हत्या भएको थियो। भनिन्छ, करिब ३८ जना छिमेकीहरूले उनको चिच्याहट सुने, तर कोही पनि उनको सहयोग गर्न आएनन्।
यही घटनाले दुई मनोवैज्ञानिकहरू — Bib Latane र John Darley लाई गम्भीर अनुसन्धान गर्न प्रेरित गर्यो। र, यसैको आधारमा “Bystander Effect” को अवधारणा विकास भयो।
Bystander Effect भन्नाले यस्तो मनोवैज्ञानिक घटना बुझिन्छ जहाँ आपतकालीन परिस्थितिमा धेरै मानिस उपस्थित भए पनि कसैले सहायता नगर्ने प्रवृत्ति देखिन्छ।
जति धेरै दर्शक हुन्छन्, त्यति नै व्यक्तिहरूले “कसैले त सहयोग गर्छन् होला” भन्ने सोच राख्छन्, र अन्ततः कसैले पनि सहयोग गर्दैनन।
Bystander Effects किन हुन्छ?
- Diffusion of Responsibility (जिम्मेवारी अरूले लिन्छन् भन्ने सोच):
जब धेरै मानिस हुन्छन्, व्यक्तिले सोच्न सक्छन् — “म होइन, अरू कसैले सहयोग गर्ला।” - Social Influence (अरूको व्यवहार अनुसार चल्ने प्रवृत्ति):
यदि अरू पनि चुप छन् भने हामी सोच्न सक्छौं, “साँच्चै गम्भीर घटना हो कि होइन?” - Evaluation Apprehension (आलोचनाको डर):
सहयोग गर्दा गल्ती भयो भने अरूले हाँस्लान् वा नकारात्मक टिप्पणी गर्लान् भन्ने डर।
Bystander Effect हाम्रो समाजमा कस्तो देखिन्छ?
- सडक दुर्घटनामा मानिस लडेको देख्दा सहयोग नगर्ने।
- सार्वजनिक ठाउँमा कोही दुर्व्यवहारको शिकार हुँदा चुप लाग्ने।
- विद्यालय वा कार्यस्थलमा कोही अपमानित हुँदा प्रतिक्रिया नजनाउने।
Bystander Effect हाम्रै मनोविज्ञानसँग जोडिएको तर बदल्न सकिने व्यवहार हो।
यदि हामी सबैले “म किन होइन?” भन्ने सोच विकास गर्न सक्यौं भने, हामी समाजलाई धेरै सहानुभूति र सक्रियताको दिशामा लैजान सक्छौं।